दोर्दीखोलापछि अर्को कम्पनीले दियो बोर्डलाई ठाडो चुनौती, ५० लाखसम्मको आइपीओ अफर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 11, 2018 | 10:17:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले गैरकानुनी रुपमा आइपीओ निष्काशन नगर्न दिएको निर्देशनलाई ठाडो चुनौती दिंदै एक जलबिद्युत कम्पनिले आइपीओ बिक्रि खुला भएको सूचना सार्वजनिक गरेको छ। धितोपत्र बोर्डको अनुमति बिना नै रुकुम पूर्वमा निमार्ण हुन लागेको रुकमेली शहिद स्मृति ग्रामीण जलविद्युत सहकारी संस्थाले आयोजनाको आइपीओ बिक्रि खुला गरेको हो।

कम्पनिले रुकुम पुर्व पुथा उत्तरगंगा गाँउपालिका वडा नं ११ को सेरा उत्तर गंगा नदीमा एक मेघावाट क्षमताको जलविद्युत परियोजना निमार्ण गर्न प्रति कित्ता पांच सय रुपैयाँका दरले आइपीओ निष्काशन गरेको हो। कम्पनिले एक सूचना जारि गरि लगानीकर्ताले न्युनतम १० कित्ता देखि १० हजार कित्तासम्मका लागि आबेदन दिन पाउने व्यवस्था गरिएको बताएको छ।

संस्थाका कोषाध्यक्ष कमाई घर्तीमगरले उक्त आयोजना गाँउपालिका स्तरमा निमार्ण गर्न लागिएकाले सहकारी डिभिजन कार्यालय घोराही र विद्युत विकास विभागसँगको परामर्शमा आइपीओ जारि गरिएको बिजपाटीलाई बताएका छन। उनले धितोपत्र बोर्डको स्वीकृति बिना नै आइपीओ निष्काशन गरिएको स्वीकारेका छन।

यस अघि दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले पनि अनुमति बिना नै आइपीओं निष्काशन गरेकाले धितोपत्र बोर्डले बिज्ञप्ति नै जारि गरि कम्पनिको नाम किटान नगरी कम्पनिको उक्त कार्यलाई गैरकानुनि भनेको थियो। गैरकानुनी ढंगवाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरुमा लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले यस्ता धितोपत्रहरुमा लगानी नगर्न नगराउनको लागि समेत आफुहरुले सर्वसाधारणलाई सतर्क गराएको बोर्डको भनाई छ।

धितोपत्र सम्वन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारण समक्ष धितोपत्र विक्री गर्ने कार्य गैरकानुनी भएकोले वोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्काशन गर्न सम्वन्धित सम्पूर्ण सगठित संस्थाहरुलाई सूचित समेत गरेको बोर्डका सहप्रवक्ता बोर्डका सहप्रवक्ता निरंजय घिमिरेले बताएका छन। वोर्डले विगतमा यस्ता गैर कानुनी ढंगवाट सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न लागेका शाहस उर्जा लिमिटेड र युनिभर्सल पावर लिमिटेडलाई समेत धितोपत्र निष्काशन गर्न रोक लगाएको थियो। यद्दपी ती दुवै कम्पनि अहिले कानुनि प्रक्रिया आइसकेको धितोपत्र बोर्डका सहप्रवक्ता घिमिरेले स्पष्ट पारेका छन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved