नेपाल लाइफको ७० प्रतिशत लाभांश पारित, दश प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गरिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 11, 2018 | 04:42:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १८ औ बार्षिक साधारणसभाले सेयरधनीलाई ७०.५३ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बिहिबार भएको साधारणसभाले  सञ्चालक समितिको निर्णय अनुसार चुक्ता पूँजीको ४२ प्रतिशत बोनस शेयर तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । 

बुधबार वीरगञ्जमा सम्पन्न उक्त साधारण सभाले कम्पनीको अधिकृत पूँजी ८ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै कम्पनीले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्वको संरचनालाई परिर्वतन गर्नको लागि दश प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

अहिले कम्पनीमा संस्थापकको ७० तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेकोमा अब कम्पनीमा संस्थापकको ६० तथा साधारणको ४० प्रतिशत सेयर स्वामित्व कायम हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved