२ जलविद्युत कम्पनीले पाए आईपिओ निष्काशनको अनुमति, हेर्नुस कसको कति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 12, 2018 | 10:25:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले २ जलविद्युत कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बोर्डले जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र शुभम् पावर लिमिटेडलाई आयोजना प्रभावित स्थानीयबासीका लागि आईपिओ जारी गर्न अनुमति दिएको हो ।  

 अनुमति पाए संगै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलो चरणमा ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता आईपिओ निष्कासन गर्ने छ ।  जोशीले संखुवासभामा ३ मेगावाटको माथिल्लो पुवा आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । बिसं २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन थालेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

त्यस्तै  शुभम् पावर कम्पनी लिमिटेडले  २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आइपिओ निष्कासन गर्ने छ  । कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ ।

शुभमको बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रेहको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved