राष्ट्र बैंकले २७ बाणिज्य बैंकलाई नियम बिपरित लाभांश वितरण गर्न अनुमति दिएको खुलासा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 13, 2018 | 01:00:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट बैंकले २८ बाणिज्य बैंक मध्ये २७ बाणिज्य बैंकलाई नियम बिपरित लाभांश बितरण गर्न अनुमति दिएको खुल्न आएको छ  । महालेखा परीक्षकको कार्यालयले बिहिबार सार्बजनिक गरेको बार्षिक प्रतिवेदनले यस्तो खुलासा गरेको हो  । 

 नेपाल राष्ट्र बैङ्कले २०७२।६।१८ मा बैङ्क तथा वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमान लागू गरे नगरेको निरीक्षण गर्न समिति गठन गरेकोमा हाल सम्म २८ बाणिज्य बैङ्क मध्ये १ ले मात्र नेपाल वित्तीय प्रतिवेदनमान लागू गरेको प्रतिवेदनमा उल्लेख छ । अन्य बैङ्क तथा वित्तीय संस्थाले यसको पालना नगरेकोमा नेपाल राष्ट्र बैङ्कले कुनै कारवाही नगरी लाभांश वितरणको अनुमति दिएको दाबी गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ 'नेपाल राष्ट्र बैङ्कले वार्षिक कार्ययोजनामा उल्लेख गरेअनुसार २०७३।७४ मा नेपाल वित्तीय प्रतिवेदनमान् वाणिज्य बैङ्कहरुमा कार्यान्वयन गर्ने तथा बैङ्क तथा वित्तीय संस्थाका उच्च व्यवस्थापनसँग अतक्र्रिया गर्ने कार्यक्रम गर्न सकेको देखिएन । नेपाल राष्ट्र बैङ्कले नयां निर्देशिका जारी तथा मौजुदा निर्देशिकामा संशोधन गर्दा सञ्चालक समितिमा छलफल तथा पुनरावलोकन गरेको देखिदैन । बैङ्क तथा वित्तीय संस्थाको स्थलगत निरीक्षण गर्दा सो सम्वन्धी मार्गदर्शनले तोकेअनुसार व्यावसायिक योजना तथा विस्तृत कार्यक्रम तयार नगरी निरीक्षण गर्ने गरेको छ ।'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved