लगानीकर्तालाई नयाँ बर्षको 'गिफ्ट': अब अनलाइन बाटै शेयर खरिद बिक्रि आदेश दिन सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 13, 2018 | 02:04:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले  २०७५ सालको सुरु देखि नै  शेयर खरिद बिक्रिको लागि इन्टरनेट मार्फत आदेश दिन सक्ने ब्यबस्था लागु गर्न धितोपत्र दलाल ब्यबसायी (ब्रोकर) हरुलाई परिपत्र गरेको छ  । 

यस ब्यबस्था कार्यन्वयन भएसंगै लगानीकर्ताले शेयर खरिद बिक्रिको लागि आदेश दिनको लागि ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ  ।  यसबाट धितोपत्र कारोबार प्रक्रिया तथा अभिलेख सम्बन्धि कार्य थप ब्यबस्थित, सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने बोर्डले अपेक्षा लिएको छ  । साथै यसबाट नेप्सेले निकट भबिश्य मै तयार पार्न लागेको अनलाइन ट्रेडिङको लागि आधार तयार र सहज हुने बोर्डले बिश्वास लिएको छ  । 

बोर्डले ब्रोकरहरुलाई ७३ साल फागुन २६ गते यस्तो ब्यबस्था कार्यन्वयनको लागि तयारी  गर्न निर्देशन दिएको थियो  । ब्रोकरहरुले आफ्नो सफ्टवेयरमा यस्तो सेवा समाबेश गरेको जानकारी गराएकाले बोर्डले बैशाखबाट सेवा दिन निर्देशन दिएको हो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved