Announcement IPO Result



मोहम्मद अज्मत अलि/बिजपाटी     Apr 15, 2018 | 04:39:30 AM



united ciment ruslan ruslan

फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अघिका दिन झैँ 'फर्स्ट' मा वित्तीय विवरण सार्वजनिक गरेको फर्स्ट माइक्रोफाइनान्सले करिब २७ प्रतिशतले खुद मुनाफा बढेको वित्तीय विवरण प्रस्तुत गरेको छ। 

गत बर्षको यस अवधिको ५ करोड ७६ लाख खुद मुनाफा गरेको फर्स्ट माइक्रोफाइनान्सले यस अवधिमा ७ करोड ३० लाख खुद मुनाफा गरेको छ। यस अवधिमा फर्स्ट माइक्रोफाइनान्सले ३ अर्ब २८ करोड कर्जा सापटी लिएर ३ अर्ब ८६ करोड कर्जा लगानी प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा माइक्रोफाइनान्सले ३ अर्ब २८ करोड कर्जा सापटी लिएर ३ अर्ब ३५ करोड कर्जा लगानी प्रवाह गरेको थियो। 

फर्स्ट माइक्रोफाइनान्सको ब्याज खर्च र लागत बढ्दा समेत खुद संचालन मुनाफा २७ प्रतिशतले बढेको छ। बैंकहरुबाट महँगो ब्याजदरमा कर्जा सापटी लिएर १८ प्रतिशतको सिलिंग भित्र रहेर कर्जा लगानी गर्दा समेत फर्स्ट माइक्रोले खुद मुनाफामा उल्लेख्य प्रगति गर्न सफल भएको छ। यस अवधिमा खुद ब्याज आम्दानि गत बर्षको तुलनामा ३ करोडले बढेको छ।    

यस अवधिमा फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पुंजी ५६ करोड ७८ लाख छ भने जगेडा कोषमा १४ करोड ४४ लाख छ। त्यस्तै खराब कर्जा अनुपात शुन्य रहेको छ। 

यस अवधिमा फर्स्टको प्रति शेयर आम्दानि २५ रुपैयाँ ६ पैसा, प्रति शेयर नेटवर्थ १२५ रुपैयाँ ४५ पैसा, मुल्य आम्दानिको अनुपात ३६ दशमलब ५३ गुणा छ। 


Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali












Close in 7