प्राइम लाइफ र एशियन लाइफको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 15, 2018 | 10:26:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बैशाख २ गते आइतबार प्राइम लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने अन्तिम दिन रहेको छ ।

 प्राइम लाइफ इन्स्योरेन्स कम्पनिले फागुन २७ गतेदेखि हकप्रद बिक्रि गरेको हो ।  इन्स्योरेन्सले १०० बराबर ११६ कित्ता शेयर अर्थात १६० प्रतिशतका दरले बैशाख २ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ मा बुक क्लोज गरेकाले फागुन १६ सम्म कायम शेयरधनिहरुले मात्र हकप्रद भर्न पाउनेछन। इन्स्योरेन्सले ९७ करोड ६३ लाख रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्रिमा राखेको हो। 

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ। नेपाल धितोपत्र बोर्डले गत माघ २८ मा मात्रै हकप्रद बिक्रिको प्रस्ताब अनुमोदन गरेको हो।  

फागुन १६ सम्म कायम इच्छुक शेयरधनिहरुले सिद्दार्थ क्यापिटल, नक्साल, काठमाडौं, सिद्दार्थ बैंक र प्राइम इन्स्योरेन्सका तोकिएका शाखा कार्यालय मार्फत हकप्रद भर्न सक्नेछन। त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा इजाजत प्राप्त बैंक वित्तीय संस्था तथा तिनका शाखा कार्यलय र अनलाइन मार्फत समेत हकप्रद भर्न सक्नेछन। 

१६० प्रतिशत हकप्रद र १२.५० प्रतिशत बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ६१ करोड २ लाखबाट १ अर्ब ७८ करोड पुग्नेछ। विमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउन प्राइम लाइफले २२ करोडले चुक्ता पुंजी वृद्धि गर्नुपर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ११ करोड ५१ लाख खुद मुनाफा आर्जन गरेको छ।  

त्यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १३ गतेदेखि  १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको थियो । कम्पनीले चैत्र १८ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने जनाएकोमा म्याद थप गरी बैशाख २ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने ब्यबस्था गरेको हो ।  

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ।  हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। माघ ७ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत १८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले एनईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, एसियन लाइफ इन्स्योरेन्सकाशाखा कार्यालयहरु र सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

हकप्रद बिक्रि तथा बितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब २१ करोड पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ८० करोड ५५ लाख छ। बिमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउन इन्स्योरेन्सले ७९ करोड पुंजी थप्नुपर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved