नयाँ बर्षको पहिलो दिन सामान्य अंकले बढ्यो नेप्से, जनता बैंकको सर्बाधिक शेयर कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 15, 2018 | 03:14:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ बर्षको कारोबारको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक २.६० अंकले बढेर १२८०.१५ को उचाईमा पुगेको छ । आज कारोबारमा आएका १५९ कम्पनीका ६ लाख ६६ हजार ७ सय ६१ कित्ता शेयर खरिद बिक्रि बाट ३० करोड ६७ लाख ४७ हजार ९ सय १४ रुपियाँको कारोबार भएको छ ।

 आज कारोबारमा आएका उत्पादन , फाइनान्स, हाइड्रो र बैंकिंग बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज गुराँस लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै १ करोड ४२ लाख बराबर भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, साना किसान विकास बैंक, नबिल बैंकको संस्थापक शेयर, प्रिमियर इन्स्योरेन्स लगायत रहेका छन् ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ६.७८ प्रतिशत बढेको छ । त्यस्तै अन्य बढी कमाउनेमा युनाइटेड इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सिद्दार्थ इन्स्योरेन्स राधि बिद्युत कम्पनी लगायत रहेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्स संस्थापक शेयरको मूल्य सर्बाधिक ९.९८ प्रतिशत घटेको छ । अन्य बढी गुमाउनेमा जेबिल्स फाइनान्स, शांईन रेसुंगा डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लगायत रहेका छन् ।

आज जनता बैंकको सबै भन्दा धेरै ३२ हजार ३ सय १९ कित्ता शेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved