लुम्बिनी विकास बैंकको ६ लाख कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 15, 2018 | 03:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले हकप्रदमा अवितरित ६ लाख कित्ता शेयर आज बैशाख २ गतेदेखि लिलाम गर्दै छ। कम्पनीले बैशाख २ गतेदेखि ९ गतेसम्म शेयर लिलाम गर्ने भएको हो ।  कम्पनीले ३ लाख ७९ हजार ३ सय ३६ दशमलव ४४ कित्ता साधारण शेयर र २ लाख २१ हजार ९ सय ८९  दशमलव ०३ कित्ता संस्थापक शेयर लिलाममा राखेको हो 

बैंकले १० प्रतिशत हकप्रद निष्काशन गर्दा अवितरित शेयर लिलाम गर्न लागेको हो  

 शेयर लिलाम प्रक्रियाको लागि भिवोर क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  इच्छुक बोलकबोलदाताले न्युनतम १०० कित्ताको लागि र न्युनतम मूल्य प्रति कित्ता १०० भन्दा कम नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । संस्थापक शेयरको हकमा संस्थापक लगानीकर्ताले मात्र आवेदन दिन पाउने छन् ।  बोलकबोलदाताले बिक्रि प्रबन्धक भिबोर क्यापिटलको कार्यालय कृष्णगल्लि ललितपुर्, लुम्बिनी विकास बैंकको कार्यालय डिल्लीबजार, त्रिपुरेश्वर, कान्तिपथ, न्युरोड, ठमेल तथा उपत्यका बाहिरका पोखरा न्युरोड र महेन्द्रपुल, बिराटनगर, बिरगंज, नारायणगढ, भैरहवा, बुटवल, नेपालगंज, जनकपुर तथा बनेपा शाखाबाट आवेदन दिन सक्ने छन् 

हाल बैंकको चुक्ता पुंजी २ अर्ब १ करोड रहेकोमा हकप्रदपछि बैंकको चुक्ता पुंजी २ अर्ब २१ करोड पुग्ने छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved