युनाइटेड इन्स्योरेन्सले २ सय ४० प्रतिशत हकप्रद जारि गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 16, 2018 | 10:55:49 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद बाट नै चुक्ता पुंजी १ अर्ब पुर्याउने भएको छ । बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले २ सय ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको बैशाख २ गते बसेको संचालक समितिको बैठकले १:२.४ को अनुपातमा २ सय ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ ।

 कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  

यस अघि कम्पनीले १० प्रतिशत बोनस र शत प्रतिशत हकप्रद प्रस्ताव गरेको भएपनि बिमा समितिले आर्थिक वर्ष २०७२।७३ को वित्तीय विवरण अस्वीकृत गरेपछि उक्त प्रस्ताव स्थगित भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved