इन्स्योरेन्स कम्पनीहरुको सर्बाधिक कारोबार हुँदा कुमारी बैंकको शेयर सबैभन्दा धेरै किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 16, 2018 | 03:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  आज नेप्से सूचक १७.४२ अंकले बढेर १२९७.५७ को बिन्दुमा पुगेर रोकिएको छ   आज कारोबारमा आएका १ सय ६७ कम्पनीका ११ लाख ७८ हजार ७ सय ३८ कित्ता शेयर खरिद बिक्रिबाट ५७ करोड ६८ लाख ६१ हजार ८ सय ६३ रुपियाँको कारोबार भएको छ  

आज कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज प्रभु इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड ८७ लाख बराबरको कारोबार भएको छ । अन्य बह्दी कारोबार हुनेमा प्रिमियर इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । 

आज प्रुडेन्शियल इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ  त्यस्तै ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत, नेपाल इन्स्योरेन्सको शेयर मूल्य  ९.९७ प्रतिशत, युनाईटेड इन्स्योरेन्सको शेयर मूल्य ९.९४  प्रतिशत , एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । 

आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी हरुले ९.९५ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा राधि बिद्युत, नेपाल बंगलादेश बैंक लगायत रहेका छन्  । 

आज कुमारी बैंकको सबैभन्दा धेरै ६८ हजार ६ सय ३८ कित्ता शेयर खरिद बिक्रि भएको छ भने प्रिमियर इन्स्योरेन्सको सबै भन्दा धेरै ४ सय ३१ पटक शेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved