नेप्सेमा २ म्युचल फण्डको इकाई र एनआईसीको ऋणपत्र सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 16, 2018 | 04:47:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आज नेपाल स्टक एक्चेन्ज नेप्सेमा ३ इकाई तथा ऋणपत्र सुचिकृत भएका छन् । नेप्सेमा आज एनआईसी एशिया बैंकको एनआईसी एशिया ऋणपत्र २०८१/८२,  सामूहिक लगानी कोष एनआईसी एशिया ग्रोथ फण्डका इकाई र सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटलले निष्काशन गरेको सिटिजन्स म्युचुअल फण्डको इकाई सुचिकृत भएको हो ।

नेप्सेमा ३० लाख कित्ता एनआईसी एशिया डिबेन्चर २०८१/८२ तथा एनआईसी एशिया ग्रोथ फण्डका ८ कराेड ३५ लाख २० हजार इकाई सोमबार सुचिकृत भएको हो । त्यस्तै सिटिजन्स म्युचुअल फण्डको ८ करोड २० लाख इकाई पनि नेप्सेमा सूचीकृत भएको छ ।

इकाई सुचिकृत भएसंगै आगामी सातादेखि यी इकाईहरु खरिद बिक्रि गर्न सकिने छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved