नेपाल सेवा लघुवित्तले बैशाख १२ गतेदेखि आईपिओ निष्काशन गर्ने, सीआरएन नम्बर अनिवार्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 17, 2018 | 08:02:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख १२ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  ।  कम्पनीले  १ लाख ८० हजार कित्ता कित्ता  साधारण शेयर निष्काशन गर्न लागेको हो  ।  

सर्वसाधारणको लागि छुट्याएको १,८०,००० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कुल १ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३६ सय कित्ता कम्पनीको कर्मचारीको लागि, ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकि १ लाख ६७ हजार ४ सय कित्ता आम सर्बसाधारणको लागि छुट्याइएको छ । 

लगानीकर्ताले छिटोमा बैशाख १६ र ढिलोमा जेठ १० गतेसम्म आवेदन दिन सक्ने छन्  ।   लगानीकर्ता न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  ५० कित्ता भन्दा बढी आवेदन दिंदा १० ले भाग जाने संख्यामा दिनु पर्ने छ  । 

इच्छुक लगानीकर्ताले सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखाबाट वा मेरोशेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । आवेदन दिन सीआरएन नम्बर अनिवार्य छ । 

 २०७१ मंसिर ८ गते सिन्धुपाल्चोक जिल्लाको फटकसिलाबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी रु. १० करोड र जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ ।

हाल वित्तीय संस्थाको सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म ८ वटा शाखा कार्यालय मार्फत रु. २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ४,७०० जना सदस्यहरुलाई लघुकर्जाको सेवा प्रदान गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved