Announcement IPO Result



शिब धिताल/बिजपाटी     Apr 17, 2018 | 04:25:36 AM



united ciment ruslan ruslan

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज बैशाख ४ गते अन्तिम दिन रहेको छ ।  कम्पनिको चैत २६ मा बसेको संचालक समितिले हकप्रद प्रयोजनार्थ बैशाख ५ का लागि शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकोले आज बैशाख ४ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने भएका हुन्   । 

कम्पनीले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो। 

कम्पनिको गत भदौ ७ गते बसेको ९ औ बार्षिक साधारणसभाले ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। कम्पनिको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइसी एसिया क्यापिटल छ। ४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी ६५ करोड ६२ लाख बाट ९४ करोड ५० लाख पुग्नेछ।  

Loading...

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital












Close in 7