सनराइज बैंकको बोनस पाउन कर तिर्नु पर्ने, हेर्नुस कहाँ र कसरि तिर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 17, 2018 | 11:12:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक लिमिटेडको १५ प्रतिशत बोनस प्राप्त गर्न कर तिर्नु भएको छ । बैंकको पुस ३ गते बसेको साधारणसभाले पारित गरेको बोनस नेप्से तथा सिडिएसीमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा वितरण समेत भईरहेको बैंकले जनाएको छ ।

 डिम्याट खाता खोलेका लगानीकर्ताको खातामा बोनस शेयर गई सकेको र खातामा नआएका लगानीकर्ताले कर तिर्नु पर्ने बैंकले जनाएको हो । 

 नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने उदेश्यले कुनै पनि संस्थाले मर्जर तथा प्राप्ति गरेको दुई बर्षसम्म बोनस सेयर बापत लाग्ने करमा छुट नलाग्ने ब्यबस्था गरेको छ । सनराइज बैंकले २०७३  माघ २८ गते साबिकको एनआईडिसी क्यापिटललाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको थियो ।  २०७३  माघ २८ गते सम्म कायम शेयरधनीले कर तिर्नु पर्दैन तर २०७३ माघ २९ गतेदेखि २०७४ कार्तिक १२ गतेसम्म शेयर खरिद गर्नेहरुले भने कर तिर्नु पर्ने बैंकले जनाएको छ ।

बोनस शेयरको कर वापतको ५ प्रतिशतले हुने रकम कर स्वरुप तिर्नु पर्नेछ ।  लगानीकर्ताले कर वापतको रकम सनराइज बैंक लिमिटेड कमलपोखरी शाखामा रहेको खाता नम्बर ०६९०३७१११४७०१००२ (SRCL Sunrise Bonus Tax 73/74 ) मा जम्मा गरेपछि बोनस शेयर खातामा आउने छ । साथै हालसम्म डिम्याट खाता नखोलेका शेयरधनीहरुलाई पनि बैंकले डिम्याट खाता खोली शेयर अभौतिककरण गराउन आग्रह गरेको छ । साथै यस बिषयको थप जानकारी सनराइज क्यापिटलबाट लिन सकिने बैंकले जनाएको छ । 

 १५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब १४ करोड नाघ्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved