दोहोरो अंकले बढेको नेप्सेमा ९५ करोडको कारोबार, किन आयो बिमा समूहमा उछाल ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 17, 2018 | 02:42:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्सेमा उछाल आएको छ  । आज नेप्से सूचक ३३.६१ अंकले बढेर १३३१.१८ को उचाईमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ६६ कम्पनीका १८ लाख ९५ हजार ५ सय ६ कित्ता शेयर खरिद बिक्रिबाट ८५ करोड ४० लाख ६ हजर ५ सय ४ रुपियाँको कारोबार भएको छ  । 

आज सूर्या लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ५ करोड ९८ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, नागरिक लगानी कोष, लुम्बिनी जनरल इन्स्योरेन्स लगायत रहेका छन्  । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ बाहेकका सबै समुहगत सूचक बढेका छन्  । जस मध्ये इन्स्योरेन्स समुह सबै भन्दा धेरै ३ सय ६० अंकले बढेको छ  । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुंजी बढाउने चर्चा चलेपछि यस समूहमा उछाल आएको आंकलन गरिएको छ  । यद्यपि केहि विश्लेषक भने केहि समय अगाडि बजार घट्दा बिमा कम्पनीहरुको मूल्य पनि धेरै तल आएको र कम मूल्य भएका इन्स्योरेन्स कम्पनीहरुमा लगानीकर्ता आकर्षण बढ्दा यो समूहमा उछाल आएको दाबी गर्छन  । 

आज १८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ  । जसमा महिला सहयात्रा माइक्रो फाइनान्स, प्रुडेनशियल इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर मूल्य १० प्रतिशतले बढेको छ  । आज सहयोगी विकास बैंकका लगानीकर्ताले सर्बाधिक ४.५८ प्रतिशत तथा बिशाल बजार कम्पनीको शेयर मूल्य ३.५६ प्रतिशतले घटेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved