नेपाल इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 18, 2018 | 08:32:15 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बैशाख ५ गतेदेखि हकप्रद निष्काशन गर्दै छ । बोर्डले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनगर्न लागेको हो  । 

कम्पनीको भदौ ३० मा बसेको साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो  ।  कम्पनीले ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  लगानीकर्ताले जेठ ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । 

लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको कार्यालय लालदरबार, काठमाडौँ, लगनखेल, ललितपुर , गोल्छाचोक बिराटनगर, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज,  तथा पोखराको चिप्लेढुंगा कार्यालयबाट आवेदन दिन सक्ने छन् । साथै नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय तथा आश्वामा आबद्द  बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ३० करोड १९ लाख ८८ हजार रहेको छ  । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ६० करोड ३९ लाख ७७ हजार पुग्ने छ  ।  कम्पनीले हाल कायम चुक्ता पुंजीको ४.५२ प्रतिसत बोनस प्रस्ताव गरेको छ । तर हकप्रद बिक्रि वितरण पश्चात कायम हुने पुंजीलाई समेत आधार मान्दा बोनस प्रतिशत २.२६ हुने छ   ।  २.२६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी  ६१ करोड ७६ लाख ३८ हजार पुग्ने छ । 

त्यसपछि कम्पनीले पुन ६५ प्रतिशत हकप्रद जारी गर्ने बताएको छ । कम्पनिको चैत २१ गते बसेको संचालक समितिको बैठकले थप ६५ प्रतिशत हकप्रद बिक्रि गरेर चुक्ता पुंजी १ अर्ब नघाउने प्रस्ताब गरेको हो। कम्पनिको आगामी बैशाख २१ गते बस्ने बार्षिक साधारणसभाले उक्त प्रस्ताब पारित गरेपछि ६५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रक्रिया अगाडी बढ्नेछ। ६५ प्रतिशत हकप्रद बिक्रि पश्चात कम्पनिको चुक्ता पुंजी १ अर्ब ९ करोड ९१ लाख पुग्नेछ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved