सूर्या लाइफ इन्स्योरेन्सको मूल्य समायोजन, हेर्नुस कति तोकियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 18, 2018 | 10:40:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्स्चेन्ज नेप्सेले सूर्या लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ ।  नेप्सेले ४० प्रतिशत हकप्रदमा कम्पनीको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ७ सय ७ रुपैया तोकिएको छ । कम्पनीको औसत आधार मूल्य ८७४ रुपैया ७ पैसा रहेको छ । 

कम्पनीको हकप्रद सुरक्षित गर्ने हिजो बैशाख ४ गते अन्तिम दिन थियो  ।  कम्पनिको चैत २६ मा बसेको संचालक समितिले हकप्रद प्रयोजनार्थ बैशाख ५ का लागि शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो  । 

कम्पनीले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो। 

कम्पनिको गत भदौ ७ गते बसेको ९ औ बार्षिक साधारणसभाले ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। कम्पनिको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइसी एसिया क्यापिटल छ। ४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी ६५ करोड ६२ लाख बाट ९४ करोड ५० लाख पुग्नेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved