नयाँबर्षमा नेप्सेको सुखद सुरुवात: पहिलो साता ११० अंकले बढ्यो सूचक, आज पनि अर्ब बढीको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 19, 2018 | 02:22:40 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन आज बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २५.३० अंकले बढेर १३८८.३१ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६८ कम्पनीका १६ लाख ६३ हजार ५ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३ सय ६१ रुपैयाको कारोबार भएको छ । 

आज कारोबारमा आएका ट्रेडिङ बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

यस साताभर नेप्से सूचक ११० अंकले बढेको छ । 

आज चिलिमे हाइड्रोपावरको सबै भन्दा धेरै ४ करोड २१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, सानिमा माई हाइड्रो, सानिमा बैंक, कुमारी बैंक लगायत रहेका छन् । 

आज प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.९३ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा खानीखोला हाइड्रो, जन उत्थान सामुदायिक लघुवित्त, राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, राष्ट्रिय बिमा कम्पनी लगायत रहेका छन् । 

त्यस्तै आज सहयोगी विकास बैंकका लगानीकर्ता सर्बाधिक ७.२ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा मिथिला लघुवित्त, सूर्या लाइफ इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, किसान माइक्रोफाइनान्स लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved