सकियो पोखरा फाइनान्सको लिलामीको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 19, 2018 | 05:47:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सको लिलामीको शेयर बोलपत्र खोल्ने काम सकिएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा बिहिबार बोलपत्र खोलिएको हो ।    फाइनान्सले  चैत्र १८ गतेदेखि २५ गतेसम्म एक लाख ८० हजार ७०१ कित्ता सेयर लिलाममा राखेको थियो । जस मध्ये ८० हजार ३ सय ४८ कित्ता संस्थापक शेयर रहेका छन् भने बाँकि १ लाख ३ सय ५३ कित्ता शेयर साधारण तर्फको रहेका थिए ।

बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार संस्थापक तर्फ कुल ७  आवेदन परेका थिए भने सर्बसाधारण तर्फ कुल ४ सय ३०  आवेदन परेका थिए  ।  संस्थापकतर्फको कट अफ मूल्य १००  कायम भएको छ भने सर्वसाधारणतर्फको कटअफ मूल्य १ सय ४० कायम भएको छ  ।  केवल १६ जनाले सर्वसाधारणतर्फको शेयर पाउने भएका छन्  । 

संस्थापक तर्फ १०३ रुपैया ५० पैसासम्मको लागि आवेदन परेको थियो भने सर्बसाधारणतर्फ १ सय ६० सम्मको आवेदन परेको एनआईबिएल एस क्यापिटलले जनाएको छ  । 

लिलामको शेयर खरिद गर्नेले पनि बैंकले प्रस्ताव गरेको  ८.२६ प्रतिशत बोनस पाउने छन् ।   बोनस र हकप्रदपछि फाइनान्सकाे चुक्ता पुंजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved