एकैदिन ३ बाणिज्य बैंक सहित ११ कम्पनीको ६ करोड कित्ता बढी शेयर सुचिकृत, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 20, 2018 | 09:03:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बिहिबार  ६ करोड ३६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा तीन बाणिज्य बैंक सहित एक दर्जन कम्पनीहरुको हकप्रद र बोनस शेयर गरी कुल गरी कुल ६ करोड ३६ लाख तीन हजार १३२ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, गण्डकी विकास बैंक, सिन्धु विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, विजय लघुवित्त, नयाँ नेपाल लघुवित्तको सेयर सूचीकरण भएको हो । 

त्यस्तै बिहिबार नै गरिमा विकास बैंकको ३ लाख १५ हजार ८८४ दशमलव ८६ कित्ता सेयर साधारण सेयरमा रुपान्तरण भएको छ । बैंकले ७० प्रतिशत संस्थापक सेयरमध्ये १९ प्रतिशत सेयर सधारणमा रुपान्तरण गरेको हो । यसपछि बैंकमा संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम भएको छ ।

हेर्नुस बिहिबार कुन कम्पनीको कति शेयर भए सुचिकृत ?


एभरेस्ट बैंकको १ करोड ९९ लाख १६ हजार २ सय ७७ दशमलव ४८ कित्ता बोनस शेयर ।

कृषि विकास बैंकको १ करोड ४१ लाख ७५ हजार ३ सय ६० कित्ता बोनस शेयर ।

नेपाल एसबिआई बैंकको १ करोड ७ लाख ६९ हजार १ सय ७६ दशमलव ०१ कित्ता बोनस शेयर ।

सांग्रिला डेभलपमेन्ट बैंकको  १ करोड ८ लाख ६७ हजार ७ सय ९८ दशमलव ५० कित्ता हकप्रद शेयर ।

गण्डकी विकास बैंकको ४६ लाख ९ हजार ८ सय १५ दशमलव ५० कित्ता हकप्रद शेयर । 

सिन्धु विकास बैंकको १५ लाख ६२ हजार २ सय ३८ दशमलव ६० कित्ता हकप्रद शेयर ।

मिसन डेभलपमेन्ट बैंकको ८ लाख ६५ हजार ४ सय ६७ कित्ता बोनस शेयर ।

कन्चन डेभलपमेन्ट बैंकको ५ लाख ५५ हजार ५ सय कित्ता बोनस शेयर ।

विजय लघुवित्तको १ लाख ६१ हजार कित्ता बोनस शेयर ।

किसान माइक्रोफाइनान्सको ८० हजार ५ सय कित्ता बोनस शेयर ।

नयाँ नेपाल लघुवित्तको ४० हजार कित्ता बोनस शेयर ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved