मर्जरमा जाने प्रस्ताव सहित हाम्रो विकास बैंकले डाक्यो साधारणसभा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 22, 2018 | 11:14:23 AM मा प्रकाशित

laxmi  sunrise bank

हाम्रो विकास बैंकले बार्षिक साधारणसभाको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले साधारणसभा प्रयोजनार्थ बैशाख २० गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय छ । बैंकले बैशाख ३१ गते साधारणसभा डाकेको छ ।

साधारणसभामा बार्षिक प्रतिवेदन पारित गर्ने लेखा पेरिक्षकको प्रतिवेदन स्वीकृत गर्ने , लाभांश प्रस्ताव पारित गर्ने , बैंकको कार्य क्षेत्र बोस्तर गर्ने, संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै बैंकले मर्जर र प्रतिको लागि आवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ । 

बैंकको माघ २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई ७.३० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । साथै सो बोनसमा लाग्ने कर प्रयोजनको लागि १७ लाख ५८ हजार १ सय ६२ रुपियाँ ४९  पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । 

बैठकले ७.३० प्रतिशतका दरले ३ करोड ३४ लाख बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको ४८ करोड ५७ लाख ५० हजार रहेकोमा प्रस्तावित बोनस बितरण पछि कम्पनीको चुक्ता पुंजी ५१ करोड ९२ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved