३८ जनाले पाए श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको शेयर, कट अफ मूल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 22, 2018 | 01:45:13 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड दोस्रो पटक लिलाममा राखेको संस्थापक शेयरको कट अफ मूल्य १ सय ६ रुपैया कायम भएको छ  । कम्पनीले यस अघि लिलाम गर्दा बिक्रि नभएको २ लाख ७७ हजार ९ सय ९६ दशमलव ५३ कित्ता संस्थापक शेयरहरु चैत २८ गतेदेखि पुन लिलाम गरेको थियो ।  

बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार कुल ६४ जनाले लिलामको ल्शेयर आवेदन दिएकोमा ३८ जनाले शेयर पाएका छन् ।  लिलाममा सबै भन्दा धेरै २ सय २४ रुपैयासम्म आवेदन परेको थियो ।   

कम्पनीले ८३ प्रतिशत हकप्रद जारि गरेको थियो   । हाल कम्पनीको चुक्ता पुंजी ३४ करोड ५४ लाख रहेकोमा ८३ प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६३ करोड २० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved