बजारमा उछाल आउँदा पनि यी हुन् नाफा कमाउन नसक्ने ११ कम्पनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 22, 2018 | 02:52:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । आज नेप्से सूचक ५० अंकले बढेर १४३८.४९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६७ कम्पनीका २८ लाख ८९ हजार ९ सय ४३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब २३ करोड ५ लाख ३ हजार १ सय ८० रुपैयाको कारोबार भएको छ ।

आज २० कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जसमा इन्स्योरेन्स समुह सबै भन्दा धेरै ३ सय ५२ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह १ सय अंकले बढेको छ । 

आज कुमारी बैंकको सबै भन्दा धेरै ५ करोड ३९ लाख बराबरकोको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर, सानिमा बैंक , नेपाल बैंक लगायत रहेका छन् ।

आज कुमारी बैंकको सबै भन्दा धेरै १ लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ । 

उछाल आएको बजारमा ११ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज रिडी हाइड्रोको शेयर मूल्य सबै भन्दा धेरै ३.३५ प्रतिशत घटेको छ ।

यी हुन् आज शेयर मूल्य घटेका ११ कम्पनीहरु : 

RHPC144.00-3.3557
NGPL217.00-3.125
SPDL154.00-1.9108
NHDL210.00-1.8692
CHL165.00-1.7857
NIBLPF9.00-1.6393
SFFIL301.00-1.634
CORBL128.00-1.5385
GMFIL156.00-1.2821
NEF9.70-0.9193
EBLCP660.00-0.4525



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved