सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 24, 2018 | 10:16:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको बैशाख १० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २.५० प्रतिशत बोनस शेयर र ९.३० प्रतिशत नगद लाभांश गरि ११.३० प्रतिशत लाभांश घोषणा गरेको जनाइएको छ। 

बैंकले ८० प्रतिशत हकप्रदले समेत पाउने गरि गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको हो। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

लाभांश वितरण पश्चात सांग्रिलाको चुक्ता पुंजी २ अर्ब ५० करोड पुग्नेछ। ८० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात चुक्ता पुंजी २ अर्ब ४४ करोड पुगेको थियो। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १६ करोड १ लाख खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved