नेप्सेमा २ म्युचल फण्डको कारोबार सुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 24, 2018 | 10:30:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ सामुहिक लगानी कोषको इकाईको कारोबार सुचारु भएको छ  । नेप्सेमा आज  एनआईसी एसिया क्यापिटलले निष्काशन गरेको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटलले निष्काशन गरेको सिटिजन्स म्युचुअल फण्ड १ को इकाईको कारोबार सुचारु भएको हो ।

एनआईसी एसिया ग्रोथ फण्डको NICGF सिम्बलबाट र सिटिजन्स म्युचुअल फण्ड १ को कारोबार CMF1 सिम्बलबाट कारोबार सुरु भएको हो । नेप्सेले दुवै ईकाईको सुरुवाती कारोबारको लागि १० रुपियाँ मूल्य तोकको छ। 

नेप्सेमा गत सोमबार एनआईसी एशिया ग्रोथ फण्डका ८ कराेड ३५ लाख २० हजार इकाई र सिटिजन्स म्युचुअल फण्डको ८ करोड २० लाख इकाई     सूचीकृत भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved