बिजपाटी समाचार प्रभाव: बुटवल पावरको एफपीओमा अबैध आबेदनलाई दिईएको शेयर फिर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 24, 2018 | 06:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डट कमको समाचार प्रभावले अबैध आबेदनलाई दिईएको बुटवल पावर कम्पनीको एफपिओ फिर्ता भएको छ । ३ साताअघि एफपिओ बाँडफांड हुँदा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले अबैध आबेदनलाई समेत योग्य बनाइ एफपिओ बाँडफांड गरेको तथ्य बिजपाटीले फेला पारेको थियो । 

कम्पनीको एफपिओमा हिमालयन जेनेरल इन्स्योरेन्सले दुई फरक डिम्याट नम्बरबाट आवेदन दिएको थियो ।  सार्वजनिक निष्काशनको शेयरमा एकै व्यक्ति वा संस्थाले एक भन्दा बढी डिम्याट नम्बर प्रयोग गरि दोहोरो आबेदन दिएमा त्यसलाई अबैध मानिन्छ। तर हिमालयन जनेरल इन्स्योरेन्सको हकमा भने उक्त नियम लागू नभएको पाईएको थियो । 

 एफपीओमा हिमालयन जेनेरल इन्स्योरेन्सले १३०१४८०००००२३५९७ नम्बरको डिम्याटबाट १० हजार कित्ताको लागि आवेदन दिएको थियो भने कम्पनीले १३०१४१०००००१५६११ को डिम्याटबाट ६ सय कित्ताको लागि आवेदन दिएको थियो। यसमा कम्पनीको नाम हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मात्र उल्लेख छ अर्थात् यसमा लिमिटेड थिएन।

यसरि एकै कम्पनीले २ वटा आवेदन दिएको खण्डमा दुई वटै आवेदन रद्द हुनु पर्ने थियो। तर दुवै आवेदनलाई शेयर बाँडफांड भएपछि बिजपाटीले 'अबैध' आबेदनलाई दिईयो बुटवल पावरको एफपीओ, कम्पनिको 'बठ्याई' बारे के भन्छ धितोपत्र बोर्ड ?' भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनपछि नेपाल धितोपत्र बोर्डले यस बिषयमा छानविन गर्दा एनएमबि क्यापिटलले एफपिओ वितरणमा त्रुटी गरेको पुष्टि गर्दै क्यापिटललाई गल्ती सच्च्याउन निर्देशन दिएको हो। बोर्डका सहायक प्रबक्ता निरंजय घिमिरेले क्यापिटललाई सजग गराउदै शेयर फिर्ता लिन निर्देशन दिएको बताए ।

बोर्डको निर्देशनपछि क्यापिटलले इन्स्योरेन्स कम्पनीलाई बाँडफांड गरेको १० हजार ६ सय कित्ता शेयर फिर्ता लिएको हो । क्यापिटलकी प्रबक्ता स्मृति महर्जनले ति शेयर फिर्ता लिएको पुष्टि गरिन । साथै ति शेयर र दोहोरो आवेदन परेका अन्य शेयर पनि फिर्ता लिई अन्डरराइट गर्ने कम्पनीहरु (सेयर प्रत्याभूतिकर्ता )लाई वितरण गरिएको उनले जानकारी दिईन ।

बुटवल पावरले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेकोमा ८४ हजार ८ सय ४ योग्य आवेदकले माग अनुसार कै शेयर पाएका थिए  । बाँकी १२ लाख २१ हजार ८ सय ३० कित्ता भने अन्डरराइट गर्ने कम्पनीहरु (सेयर प्रत्याभूतिकर्ता)ले लिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved