नेको इन्स्योरेन्सले बैशाख १९ देखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2018 | 11:11:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सले बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित करिब १ लाख कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले माघ २६ गतेदेखि चैत्र १ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्रि गर्दा अवितरित ९९ हजार ९ सय ४९ दशमलव ११ कित्ता शेयर लिलाममा बिक्रि गर्न लागेको हो । लिलामीमा आउने शेयरहरु मध्ये ४ हजार ६३ कित्ता दशमलव ८७ कित्ता संस्थापक समुहको र बाँकि ९५ हजार ८ सय ८५ दशमलव २४ कित्ता सर्वसाधारण समुहका रहेका छन् । कम्पनीले बैशाख २६ गतेसम्म लिलामको शेयरमा आवेदन दिन सकिने जनाएको छ । 

शेयर लिलामीको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

इच्छुक बोलकबोलदाताले न्युनतम १०० रुपैया भन्दा कम नहुने गरी न्युनतम १०० कित्ताको लागि आवेदन दिन सक्ने छन् । सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण गरिने छ । संस्थापक शेयरको हकमा भने संस्थापक लगानीकर्ताले मात्र आवेदन दिन सक्ने छन् । आवेदन फारम लिन र बुझाउन एनएमबि क्यापिटलको कार्यालय नागपोखरी नक्साल तथा एनएमबि बैंकका शाखाहरु बिराटनगर, बिरगंज, बुटवल, पोखरा , नेपालगंज, सुर्खेत, र धनगढि तोकिएका छन् । 

हकप्रद बिक्रिपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved