नियम बिपरित लगानी गर्दै म्युचुअल फण्ड, नियमावलीकाे धज्जी उडाईदा नियामक किन मौन?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 25, 2018 | 12:45:36 PM मा प्रकाशित

laxmi  sunrise bank

म्युचुअल फण्डहरुले स्थापनाको उदेश्य बिपरित लगानी गरेको भेटिएको छ। आरक्षण बापत पाएको ५ प्रतिशत शेयर, पुँजीगत लाभकरमा पूर्ण छुट, योजनाले गरेका खुद नाफामा आयकर छुट लगायतका सुविधा लिएका म्युचुअल फन्डहरुले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को व्यवस्था बिपरित मुद्दती निक्षेपमा लगानी गरिरहेका छन।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को (ङ) मा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्न सकिने व्यवस्था गरेको छ। तर अधिकांश योजनाहरुले १० प्रतिशत भन्दा बढी हुने गरि बैंक निक्षेपमा लगानी गरेका छन। 

मुद्दती निक्षेपमा नियम बिपरित गर्ने म्युचुअल फन्डमा सीबिआईएल क्यापिटलले संचालनमा ल्याएको सिटिजन म्युचुअल फन्ड-१ अव्वल रहेको छ। ८२ करोडको सिटिजन म्युचुअल फण्ड-१ ले ८० करोड ६२ लाख रुपैयाँ बैंक निक्षेपमा लगानी गरेको देखिएको   छ। त्यस्तै १ अर्ब ३० करोडको योजनाको आकार भएको सानिमा म्युचुअल फन्डले २६ करोड अर्थात २० प्रतिशत हुनेगरि बैंक निक्षेपमा लगानी गरेको छ। 

यसरि म्युचुअल फन्डहरू लगानी गर्ने भन्दा प्रवर्द्धक बैंकहरूका लागि रकम संकलन गर्ने, व्यवस्थापन शुल्क प्राप्त गर्ने र कोष सुपरिवेक्षकहरू पाल्ने माध्यम बन्न थालेका छन् । सामुहिक लगानी कोषले बैंकमा पैसा थुपारेर अस्वाभाविक कार्य मात्र गरेका छैनन, स्थापनाको उदेश्य बिपरित कार्य गरेर नियामक नेपाल धितोपत्र बोर्डलाई सिधै चुनौती दिएका छन।

सिटिजन म्युचल फण्ड लगायतका सामुहिक लगानी कोषहरु आफूसँग भएको रकमले सेयरको औसत लागत घटाउनतर्फ नलागी बैंकमै पैसा थुपारेर नाफा कमाउन अग्रसर देखिएका छन्। कोषहरूले बजारबाट रकम संकलन गरेको रकम व्यक्तिगत लगानीकर्ताहरूकै हातमा नै भएको भए सीधै सेयरमा लगानी हुने सम्भावना रहन्थ्यो।


म्युचुअल फन्डहरूले जोखिम व्यवस्थापनको नाममा ब्याजलाई मात्र प्राथमिकता दिने हो भने उनीहरूको लगानी तथा जोखिम व्यवस्थापन क्षमतामाथि नै प्रश्न उठ्ने मात्र होइन, भविष्यमा निष्कासन हुने म्युचुअल फन्डका एकाइहरू नबिक्ने अवस्था आउन सक्ने विश्लेषकहरुको भनाई छ। 

म्युचुअल फन्डहरूले उद्देश्यअनुरूप नै लगानी व्यवस्थापन गरी एकाइधनी र समग्र सेयर बजारको नियमितता र स्थिरतामा समेत लाग्नुपर्छ । नियामक निकायहरूले समेत म्युचुअल फन्डहरूको कोष परिचालनको अवस्था विश्लेषण गर्दै तोकिएको सीमाअनुरूप लगानीका लागि प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved