एसियन लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, अब आधा मात्र बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 26, 2018 | 10:27:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव परिमार्जन भएको हो। कम्पनीले यस अघि गत बर्षको मुनाफाबाट १२ प्रतिशत बोनस दिने प्रस्ताव गरेकोमा अब त्यसलाई परिमार्जन गरी ६ प्रतिशत मात्र बोनस दिने भएको छ । 

कम्पनीले यस अघि गरेको प्रस्तावमा बिमा समितिले लगानी तथा कर्जामा पर्याप्त ब्यबस्था सहितको परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो । सोहि अनुसार कम्पनीको बैशाख १२ गते बसेको संचालक समितिको बैठकले यस अघिको १२ प्रतिशत बोनस परिमार्जन गरी ६ प्रतिशत बोनस प्रस्ताव गरेको हो । साथै बैठकले सो बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

  कम्पनीले यहि फागुन १३ गतेदेखि  १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको थियो । हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २० करोड पुग्नेछ। प्रस्तावित ६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २७ करोड नाघ्ने छ  । बीमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved