मेरोशेयरबाट नेपाल सेवाको आईपिओ भर्दा अब इमेलमा होइन स्क्रिन मै आउछ कन्फरमेशन कोड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 26, 2018 | 11:35:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख १२ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ ।  कम्पनीले  १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो  ।  

सिडीएससीले मेरोशेयर मार्फत आईपिओमा अनलाइन आवेदन दिन सक्ने ब्यबस्था गरेको छ । आइडी पासवर्ड लिएकाहरुले सीडिएससीमा लगईन गरी शेयर भर्न सक्ने छन् । तर कतिपय लगानीकर्ता हरुले आवेदन दिंदा आफ्नो इमेलमा भेरिफिकेसन कोड नआएको,   भेरिफिकेसन कोड ढिलो आएको गुनासो गरेका छन् ।  

यहि गुनासोलाई सम्बोधन गर्दै सिडीएससीले हालको लागि नयाँ बैकल्पिक ब्यबस्था सुरु गरेको छ । 


 सिडीएससीले केहि समयको लागि इमेलमा पठाईने कन्फरमेशन कोडलाई इमेलमा नपठाई आईपिओ भरिरहेको स्क्रिनमा नै देखिने ब्यबस्था गरेको हो ।  अब आईपिओ भर्दा लगानीकर्ताले इमेलमा गएर कोड हेर्नु पर्ने बाध्यता हटेको छ  ।  लगानीकर्ताले आईपिओ भरिरहेकै स्क्रिनमा कोड देख्ने छन् र कन्फरमेशन कोड लेखिएको बक्समा उक्त कोड राख्नु पर्ने छ  ।  

यस अघि हामीले किन कोडमा समस्यामा आयो भनि सिडीएससीका प्रबक्ता सुरेश न्यौपानेलाई सोधेका थियौ  ।   त्यसको लागि उनले ३ वटा कारण दिएका थिए ।  

यो पनि : 

मेरोशेयरबाट नेपाल सेवाको आईपिओ भर्दा किन आएँन कन्फरमेशन कोड ? यस्ता छन् ३ कारण

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved