बुटवल पावरको एफपीओ सहित ६ कम्पनिका १ करोड ७८ लाख शेयर सुचिकृत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 27, 2018 | 10:10:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा एकै दिन ६ कम्पनिका १ करोड ७८ लाख कित्ता शेयर सुचिकृत भएका छन। बुटवल पावरको ४० लाख ८१ हजार एफपीओ सहित ६ कम्पनिका १ करोड ७८ लाख कित्ता सुचिकृत भएको नेप्सेले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन, गुडविल फाइनान्स, शिखर इन्सोरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्थाका बोनस शेयर सुचिकृत भएका छन भने बुटवल पावरको एफपीओ सुचिकृत भएको हो। 

गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको साल्ट ट्रेडिङको २ लाख ४५ हजार ९८७ कित्ता बोनस सेयर सुचिकृत भएको छ। गत आर्थिक बर्षको कमाईबाट १०.१९ प्रतिशत बोनस सेयर वितरण गरेको गुडविल फाइनान्सको ७ लाख ४० हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ। 

त्यस्तै शिखर इन्स्योरेन्सको २३ लाख ९६ हजार ४२३ कित्ता बोनस सेयर सुचिकृत भएको छ। शिखरले गत आर्थिक बर्षको कमाईबाट २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। 

साथै गत आर्थिक बर्षको कमाईबाट ४.७८२ प्रतिशत बोनस सेयर घोषणा गरेको सप्तकोशी डेभलपमेन्ट बैंकको २ लाख ३२ हजार १०० कित्ता बोनस सेयर सुचिकृत भएको छ। 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४० लाख ५२ हजार २०१.३५ कित्ता बोनस सेयर सुचिकृत भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ। 

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता बोनस सेयर सुचिकृत भएको छ। महुलीले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको छ। 

त्यस्तै बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपीओं समेत स्वीकृत भएको छ। कम्पनिले हालै मात्र ४०१ रुपैयाँ प्रिमियम मुल्य सहित प्रति कित्ता ५०१ रुपैयाँका दरले एफपीओं बिक्रि गरेको थियो।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved