सिद्दार्थ बैंकले २ लाख १४ हजार कित्ता शेयर लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 27, 2018 | 12:35:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक लिमिटेडले फागुन २ देखि चैत ६ सम्म निष्काशन बाँडफाड गरेको छ । बैंकले १०:१ को अनुपातमा ६८ लाख २६ हजार १ सय १७ दशमलव १९ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जस मध्ये रितपुर्वक आवेदन दिने शेयरधनीलाई ६६ लाख ११ हजार ५ सय १७ कित्ता शेयर बैशाख ६ गते बाँडफांड गरिएको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ ।

अब कम्पनीले छिट्टै हकप्रदमा अवितरित २ लाख १४ हजार ६ सय दशमलव १९ कित्ता शेयर लिलाम गर्ने छ । 

१० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ५० करोड पुग्नेछ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। १० प्रतिशत हकप्रद र १४ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ४७ करोड पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved