नयाँ आर्थिक वर्षदेखि अनलाइन ट्रेडिङ आरम्भ हुन्छ : साउद

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 27, 2018 | 01:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) तथा सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससि) को संयुक्त आयोजनमा बुधबार धनगढीमा पुँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको छ  । 

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं ७ का माननीय आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्राथमिक बजारमा आस्वा प्रणाली ल्याउनु, धितोपत्र बाँडफाँटमा संभव भए १० कित्ता सेयर पाउने व्यवस्था गरिनु र तीन दिनमा सेयर खातामा आउने व्यवस्था गरिनु जस्ता कार्यले यस क्षेत्रमा आमूल परिर्वतन आएको तथा विकास भएको बताउँदै ७ नम्बर प्रदेशलाई महत्व दिई कार्यक्रम संचालन गरेकोमा  आयोजकलाई विशेष धन्यवाद दिए । साथै देशैभर दोस्रो बजारको स्तरीय र प्रतिस्पर्धात्मक सेवा प्रदान/विस्तार गर्न निजी क्षेत्रमा नयाँ स्टक एक्सचेञ्ज आउनुपर्ने र धितोपत्र दलालको संख्या थपिनुपर्ने साथै धितोपत्र दलालको संख्या थप गरी स्थानीयस्तरमा धितोपत्र दलालको व्यवस्था हुनुपर्ने कुरामा जोड दिए । त्यसैगरी उनले प्रदेश नं ७ का लगानीकर्ताले सहज रुपमा पुँजी बजारमा लगानी गर्ने वातावरण बनाउन नियामक निकायहरुसँग समन्वय गर्न हालै प्रस्तुत प्रदेश सरकारको बजेटमा उल्लेख गरेको समेत जानकारी गराए ।

उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले धितोपत्र बजार तथा वस्तु विनिमय बजारका विवधि आयामहरु सम्बन्धमा, सिडिएससिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले सिडिएसका गतिविधिसहित DMAT र C-ASBA का विविध पक्षहरुबारे प्रस्तुति दिएका भने धितोपत्रको दोस्रो बजारका सम्बन्धमा नेप्सेका अधिकृतको प्रस्तुति रहेको थियो ।

अन्तरक्रियामा सहभागी लगानीकर्ताहरुले हाल गाँउ गाँउमा रहेको सेयरको घरयासी र मृत्यु नामसारीमा समस्या रहेको, डिम्याट खाता खोल्दा समस्या रहेका र सि आस्वाबाट आवेदन गर्दा समेत निवदेन रद्ध भएको जस्ता समस्याहरु उजागर गर्दै स्थानीयस्तरमा धितोपत्र दलाल व्यवसाय गर्न दिनुपर्ने, घरयासी र मृत्यु नामसारीलाई थप सहजीकरण गर्नुपर्ने, हकप्रद सेयरको लिलामीमा सबै क्षेत्रबाट आवेदन गर्न सक्ने व्यवस्था हुनुपर्ने भनी ध्यानार्कषण गराएका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको प्रत्युत्तर बोर्डका अध्यक्ष र नेप्से तथा सिडिएससिका प्रमुखहरुले दिएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेप्सेका प्रमुख चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणाली सम्बन्धमा अधिकांश काम भैसकेको हुँदा नयाँ आर्थिक वर्षदेखि सो सेवा आरम्भ हुने जानकारी गराउँदै पुँजी बजारमा लगानी गर्दा बुझेर सही ठाँउमा लगाउनुपर्ने सो गर्न नसकिएमा घाटाको भागीदार आफै हुनुपर्ने विचार समेत व्यक्त गरे ।

साथै सिडिएससिका प्रमुख गुप्ताले सिडिएससि Mero Share को मोबार्ईल एप्लिकेशनसहितको विविध सेवाबारे जानकारी दिंदैं धितोपत्रको दोस्रो बजारमा E-DIS मार्फत खरिद बिक्री आदेश दिने सफ्टवेयर बनाउने कार्य अगाडि बढाइरहेको विषय जानकारी गराए  ।

कार्यक्रमका सभापति तथा बोर्ड अध्यक्ष डा. कार्कीले लगानीकर्ता सचेतना कार्यक्रम देशैभर गराउन बोर्ड लागेको बताउँदै प्राथमिक बजार सेवा देशैभर पुगेकोमा धितोपत्रको दोस्रो बजारलाई देशैभर प्रतिस्पर्धात्मक तथा स्तरीय सेवा विस्तार गर्ने नीतिगत व्यवस्था गर्न बोर्ड लाग्ने विषयमा जोड दिए  । साथै आगामी दिनमा क्रमवद्ध रुपमा प्रदेशस्तरमा समेत बोर्डको प्रदेश स्तरीय कार्यालय खोल्ने नीति लिने विषय जानकारी गराए । त्यसैगरी वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्रयाउन कर छुट तथा प्रिमियममा सार्वजनिक निष्काशन गर्न सक्ने गरी प्याकेज व्यवस्था गरिए अनुरुप यसमा आकर्षित भई त्यस्ता कम्पनीहरुले पुँजी बजारमार्फत पुँजी संकलन गर्न आईरहेको बताउँदै त्यसबाट पुँजी बजारको दिगो तथा भरपर्दो विकास हुने समेत बताए । स्थानीय रुपमा विकासका लागि आवश्यक पुँजी परिचालन गर्न स्थानीयस्तरको ऋणपत्र निकाल्ने कार्यक्रम रहेको र सो देश विकासका लागि केतु हुन सक्ने धारण समेत राखे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved