सूचकसंगै कारोबार रकममा पनि गिरावट, सिभिल बैंकको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 29, 2018 | 03:08:33 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ८.२१ अंकले घटेर १३४९.०१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६२ कम्पनीका ९ लाख ७८ हजार ७४ कित्ता शेयर खरिद बिक्रि बाट ४० करोड ९९ लाख ३३ हजार २ सय ९५ रुपियाँको कारोबार भएको छ । 

आज राष्ट्रिय बिमा कम्पनीको सबै भन्दा धेरै १ करोड ५० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया, राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर लगायत रहेका छन् । 

आज स्वदेशी लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.९४ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा नयाँ नेपाल लघुवित्त, उन्नति माइक्रोफाइनान्स, श्री इनभेस्टमेन्ट एण्ड फाइनान्स लगायत रहेका छन् । 

आज बरुण हाइड्रोका लगानीकर्ताले सर्बाधिक ७.७७ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रो, प्रभु बैंक लगायत रहेका छन्। आज सिभिल बैंकको सबै भन्दा धेरै ५१ हजार ७८ कित्ता शेयर खरिद बिक्रि भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved