अबैध रुपमा सर्टिफिकेट बेच्दै मर्चेन्ट बैंक, क्षेत्राधिकार उल्लङ्घन नगर्न धितोपत्र बोर्डको चेतावनी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 29, 2018 | 09:40:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नियमक कम्जोर बन्दा संस्थाहरुले स्थापनाको उदेश्य बिपरित काम गर्ने गलत अभ्यास मौलाएको छ। सर्वसाधारण व्यक्ति तथा संस्थाहरुको लगानी व्यवस्थापन लगायतका काम गर्न स्थापना भएका मर्चेन्ट बैंकहरुले 'धार' बदलेको पाइएको छ। 

नियामक नेपाल धितोपत्र बोर्डले विक्री प्रवन्धक, सेयर रजिष्टर, अन्डरराइटिङ, लगानी व्यवस्थापनको कार्य गर्न मर्चेन्ट बैंकहरुलाई लाइसेन्स दिएको हो । त्यस्तै लाइसेन्स प्राप्त मर्चेन्ट बैंकहरुले योजना व्यवस्थापन गर्न सक्ने व्यवस्था रहेको छ ।  शेयर रजिष्ट्रार सेवा अन्तर्गत सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट शेयरधनीको अभिलेख राख्ने गर्ने जस्ता कामहरु पनि गर्छन। 

पछिल्लो समय धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुलाई परामर्शदाताको रुपमा काम गर्न पाउने साथै लगानीकर्ताहरुलाई लगानी परामर्श सेवा उपलब्ध गराउन पाउने अधिकार दिएको छ। तर बोर्डले मर्चेन्ट बैंकहरुलाई पैसा लिएर सर्टिफिकेट बेच्न पाउने अधिकार भने दिएको छैन। यद्दपी नेशनल मर्चेन्ट बैंकरले शेयर शिक्षा दिने नाममा सर्वसाधारणअबाट पैसा लिएर सर्टिफिकेट बेच्ने काम गर्दै आएको छ। 

शेयर शिक्षा दिने नाममा नास्ता, चिया, शैक्षिक सामग्री भनेर पैसा उठाईए पनि सर्टिफिकेट नै जारि गर्ने अधिकार मर्चेन्ट बैंकहरुलाई नभएको धितोपत्र बोर्डका सहायक प्रवक्ता निरंजय घिमिरेले बिजपाटीलाई बताए। 'परामर्शदाताको रुपमा मर्चेन्ट बैंकहरुले काम गर्न पाउँछन तर कार्यक्रम आयोजना गरि पैसा उठाएर सर्टिफिकेट वितरण गर्न पाउँदैनन, यस्तो प्रमाणित भए कारबाहीको भागेदार हुनुपर्छ' उनले भने।

बोर्डका सहायक प्रवक्ता घिमिरेले यसो भनिरहंदा नेशनल मर्चेन्ट बैंकले भने शेयर तालिमको नाममा प्रमाणपत्र दिएको तस्विर फेसबुकमा हालिरहेको छ। हेरौं नेशनलका तालिम तथा विकास विभागका प्रमुख सन्तोषराज बजगाईले फेसबुकमा सम्प्रेषण गरेको तालिम सम्बन्धि विज्ञापनको अंश।  तर यसमा आयोजक को हो कहीं उल्लेख गरिएको छैन:


तर अर्को सम्प्रेषणमा बजगाईले नेशनल मर्चेन्ट बैंकरद्वारा आयोजित तीन दिने सामान्य तथा अधारभुत शेयर तालिममको दशौ व्याच सफलताका साथ सम्पन्न गरियो । सबैलाई धन्यवादु भन्दै पैसा लिएर सर्टिफिकेट बितरण गर्दै आएको ठाडै स्वीकार गरेका छन्। नेशनलले विज्ञापन गर्दा सहयोगमा भन्ने अनि तालिम सकेपछि नेशनलको आयोजनामा भन्ने जस्तो दोधारे कुरा गर्दै प्रमाणपत्र भने नेशनलको नाममा जारी गरेका छन् जसमा प्रमुख सन्तोष बजगाईको हस्ताक्षर र कम्पनीको छाप समेत रहेको छ।  हेर्नुस तस्विर:



नेशनलको कर्तुत यतिमा मात्र सकिंदैन। अहिले नेशनलले छद्मरुपमा एक अनलाईन पत्रिका समेत चलाएर लगानीकर्तालाई दिग्भ्रमित पार्ने कार्य समेतमा संलग्न भएको देख्न सकिन्छ। उक्त अनलाईनको प्रधानसम्पादकमा प्राविधिक विश्लेषक भनेर अरुलाई नै देखाएर भित्रीरुपमा भने नेशनलले यस्तो पोर्टल चलाएको खुल्न आएको छ।  

कम्पनीको स्वार्थ गाँसिएकै कारण व्यवस्थापनले बजगाई मार्फत समाचार शेयर गरेर लगानीकर्तालाई दिग्भ्रमित पारेर बजारमा चलखेल गरेको अनुमान गर्न सकिन्छ। बजगाईले तल्लो र माथ्लो बिन्दु भन्दै अलमलमा पार्ने गरि फेसबुकमा प्रेषण गरेको सामग्री:



नेशनलले नेप्सेलाई गालि गर्नेमा अब्बल नै बनेको कुरा नेप्सेले अनलाईन कारोबार प्रणाली जडान र परीक्षण समेत गरिरहेको बेला बजगाईले अर्को एउटा पोष्ट मार्फत नेप्सेले कामै नगरेको जसरी आक्षेप लगाउन खोजेका छन। 

नेशनलको तालिमको पाठ्यक्रम पनि धितोपत्र वोर्ड वा नेप्सेबाट स्विकृत भएको छैन। नेशनलको पाठ्यक्रममा कुनै स्तरीयता समेत रहेको छैन।  यसका प्रशिक्षकको योग्यता के हो ?

बजारमा दिग्भ्रम पार्न नेशनल मात्र हैन अप्रत्यक्षरुपमा ग्लोबल आईएमई क्यापिटल समेत लागेको देख्न सकिन्छ। यसका कर्मचारी अरुण लामाका निरन्तर पोस्टहरु फेसबुकमा आइरहेका छन्। त्यस्तै सम्मृद्धि क्यापिटल पनि यसमा संलग्न रहेको छ। समृद्धि क्यापिटलले पनि एक अनलाईन पत्रिका चलाएको खुल्न आएको छ।


यसरी बाेर्डबाट स्वीकृत प्राप्त संस्था र साेसँग सम्बन्धित कर्मचारीहरूले विभिन्न माध्यमबाट बजार प्रभावित पार्न नपाईने मात्र हाेईन, न्युनतम अाचारसंहिता समेत पालना नगरेको देखिएकाे छ। स्वीकृत प्राप्त मर्चेन्ट मध्ये उल्लेखित संघसंस्था र केही कर्मचारीहरूले मात्र बजारमा सूचना र विचार प्रवाह गर्ने गरेका छन। अन्य मर्चेन्ट बैंकले सम्भवत: यस्तो कार्य गर्न नपाउने भएर नै पैसा लिएर तालीम वा यस्तै गतिविधी नगरेकाे स्पष्ट बुझ्न सकिन्छ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved