नेको इन्स्योरेन्सको १ लाख कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 02, 2018 | 11:41:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सले आज बैशाख १९ गते देखि हकप्रदमा अवितरित करिब १ लाख कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्दै छ। इन्स्योरेन्सले आजदेखि बैशाख २६ गतेसम्मका लागि ९९ हजार ९४९.११ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो । 

माघ २६ देखि चैत्र १ सम्म ५० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित ९९ हजार ९ सय ४९ दशमलव ११ कित्ता शेयर लिलाम मार्फत  बिक्रि गर्न लागेको हो । लिलामीमा आएको  शेयरहरु मध्ये ४ हजार ६३ कित्ता दशमलव ८७ कित्ता संस्थापक समुह तर्फको र बाँकि ९५ हजार ८ सय ८५ दशमलव २४ कित्ता सर्वसाधारण समुह तर्फका छन। 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। तर संस्थापक सेयरधनीले मात्र संस्थापक सेयरका लागि आबेदन दिन पाउनेछन। 

आवेदन फारम लिन र बुझाउन एनएमबि क्यापिटलको कार्यालय नागपोखरी नक्साल तथा एनएमबि बैंकका शाखाहरु बिराटनगर, बिरगंज, बुटवल, पोखरा , नेपालगंज, सुर्खेत, र धनगढि तोकिएका छन् । हकप्रद बिक्रि तथा वितरणपछी नेकोको चुक्तापुंजी १ अर्ब १७ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved