दोहोरो अंकले बढ्यो सूचक, स्वदेशी लघुवित्तमा लगानीकर्ताको आकर्षण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 02, 2018 | 02:43:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ११.३७ अंकले बढेर १३६०.३८ को उचाईमा पुगेर रोकिएको छ ।  आज कारोबारमा आएका १ सय ५८ कम्पनीका ७ लाख ८५ हजार ५ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट ३८ करोड ६ लाख ८ हजार ६ सय ५३ रुपैयाको कारोबार भएको छ । 

आज कारोबारमा आएका फाइनान्स र उत्पादन समुः बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज स्वदेशी लघुवित्तको सबै भन्दा धेरै २ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।  अन्य बढी कारोबार हुनेमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, सानिमा माइ हाइड्रो, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन् । 

आज मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशत बढेको छ भने स्वदेशी लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । 

आज सिन्धु विकास बैंकका लगानीकर्ताले ६.९१ प्रतिशत गुमाएका छन् भने श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले ४.६६ प्रतिशत गुमाएका छन् । 

आज नेपाल बैंकको सबै भन्दा धेरै ४१ हजार २२ कित्ता शेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved