नेपाल बैंकमा लगानीकर्ताको आकर्षण, कमाउनेमा सुर्योदय लघुवित्त अगाडि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 02:55:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन आज नेप्से सूचक बढेको छ । आज सूचक ५.७७ अंकले बढेर १३६६.१५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६९ कम्पनीका १४ लाख ८० हजार ८ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट ७७ करोड ६५ लाख ६ सय ९२ रुपैयाको कारोबार भएको छ 

आज नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै ५ करोड ७७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, चिलिमे हाइड्रो, राष्ट्रिय बिमा कम्पनी, प्रिमियर इन्स्योरेन्स लगायत रहेका छन् ।

आज सूर्योदय लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.५२ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा महिला सहयात्रा माइक्रोफाइनान्स, हाथवे फाइनान्स, सिभिल लघुवित्त लगायत रहेका छन् । 

आज मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ५.११ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक लगायत रहेका छन् ।

आज नेपाल बैंक सबै भन्दा धेरै १ लाख ६१ हजार ८ सय ३६ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved