बैशाख ३० देखि मेगा र टुरिजमको एकिकृत कारोबार, यी मितिमा एटिएमसहितका सेवा बन्द

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 04, 2018 | 09:25:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले आगामी बैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरको लागि यी दुई बैंकले बैशाख ९ गते राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए  । त्यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयले बैशाख १२ गते स्वीकृति दिएको हो  । 

दुई बैंकले ०७३ माघको पहिलो साता मर्जरमा जाने सम्झौता गरेका थिए । एक आपसमा गाभिन सम्झौता गरेको झण्डै १६ महिनापछि मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु हुन् लागेको हो । दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड रुपैयाँ कायम हुने छ ।मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जर निर्णय भएको हो ।


एकीकृत कारोबार लागि बैशाख २८ गते शुक्रबार दुबै बैंकद्धारा प्रदान गरिने अतिरिक्त बैंकिङ्ग सेवा तथा २९ गते शनिवार प्रदान हुने हाेलिडे काउण्टर सेवा बन्द हुने छ । दुबै बैंकको एटिएम सेवा समेत २८ गतेको नियमित कारोबार समयदेखि ३० गतेसम्म बन्द हुने बैंकले जनाएको छ । त्यस्तै २८ गते बैंकिंग समयपछि ३० गतेसम्म टुरिजम बैंकको एटिएम सेवा बैंक हुने छ ।

टुरिजम बैंकको चेक तथा एटिएमलाई बैशाख ३० गतेबाट मेगा बैंकको नाममा प्रतिस्थापन गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ  । प्रतिस्थापन नगरेसम्म साविकको चेक समेत स्वीकार गर्ने मेगा बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved