नेपाल सेवाको आईपिओ बाँडफांड मिति तय, १ लाख ९१ हजारले शेयर नपाउने पक्का

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 04, 2018 | 09:41:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपिओमा ८२ गुणा बढी आवेदन परेको छ ।  कम्पनीले बैशाख १२ गतेदेखि १६ गतेसम्म आईपियो १ लाख ८० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।   कुल १ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३६ सय कित्ता कम्पनीको कर्मचारीको लागि, ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकि १ लाख ६७ हजार ४ सय कित्ता आम सर्बसाधारणको लागि छुट्याइएको थियो ।  

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार  सर्बसाधारणको लागि छुट्याइएको १ लाख ६७ हजार ४ सय कित्ता शेयरको लागि २ लाख ८ हजार १ सय ३१ आवेदकबाट १ अर्ब ३७ करोड बढीको आवेदन परेको छ । यस हिसाबमा १ लाख ९१ हजार ३ सय ९१ जनाले शेयर नपाउने निश्चित छ ।  

क्यापिटलले आगामी आइतबार आईपिओ बाँडफांडको तयारी गरेको छ ।   क्यापिटलले सेयर बाँडफाँडका लागि विहीबार धितोपत्र बोर्डमा प्रि-अलटमेन्ट मोड्युल पेश गरेको जनाएकाे छ । बाँडफाँडको ३ दिन अगाडि बोर्डमा प्रि-अलटमेन्ट मोड्युल पेश गर्नु पर्ने प्रावधान रहेको छ ।

 २०७१ मंसिर ८ गते सिन्धुपाल्चोक जिल्लाको फटकसिलाबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी रु. १० करोड र जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ ।

हाल वित्तीय संस्थाको सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म ८ वटा शाखा कार्यालय मार्फत रु. २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ४,७०० जना सदस्यहरुलाई लघुकर्जाको सेवा प्रदान गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved