जेबिल्स फाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति, हकप्रदले पनि बोनस पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 04, 2018 | 09:59:39 AM मा प्रकाशित

laxmi  sunrise bank

जेबिल्स फाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले १०:४ को अनुपातमा ४० प्तातिशत हकप्रद निष्काशनको अनुमति पाएको हो ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुधबार अनुमति दिएको हो । अब कम्पनीले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

कम्पनीले हालै बिक्रि गरेको शतप्रतिशत हकप्रद र अब निष्काशन हुने ४० प्रतिशत हकप्रदले समेत पाउने गरि  १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। गत असोज २ देखि कात्तिक २० सम्म बिक्रि खुला गरेको शतप्रतिशत हकप्रद र अब निष्काशन हुने ४० प्रतिशत हकप्रदले समेत पाउने हुँदा उक्त बोनस सेयरको दर ३.५७ प्रतिशत हुन आउंछ।  

 शतप्रतिशत हकप्रद र  ४० प्रतिशत हकप्रद र बोनस शेयरपछि फाइनान्सको चुक्ता पुंजी  ८३ करोड ७९ लाख ७३ हजार १२५ पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved