नेपाल सेवा लघुवित्त आईपिओ नतिजा प्रकाशित (नतिजा सहित)

१६ हजार ७४० जनाले पाए शेयर
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2018 | 11:16:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आइतबार बिहान शेयर बाँडफांड गरेको हो ।  

गोलाप्रथाबाट १६ हजार ७४० जना आवेदकले मात्र लघुवित्तको शेयर पाएका छन् । कम्पनीले बैशाख १२ गतेदेखि १६ गतेसम्म  १ लाख ८० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।   कुल १ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३६ सय कित्ता कम्पनीको कर्मचारीको लागि, ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकि १ लाख ६७ हजार ४ सय कित्ता आम सर्बसाधारणको लागि छुट्याइएको थियो । सर्बसाधारणको लागि छुट्याइएको  शेयर गोलाप्रथाबाट १० कित्ताको दरले १६ हजार ७४० जनालाई बाँडफांड गरिएको हो ।    

कसरी हेर्ने नतिजा ? 

आइपीओको नतिजा  बिजपाटि डटकममा प्रकाशित भएको छ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ नेपाल सेवा लघुवित्त भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  

  २०७१ मंसिर ८ गते सिन्धुपाल्चोक जिल्लाको फटकसिलाबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी रु. १० करोड र जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ ।

हाल वित्तीय संस्थाको सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म ८ वटा शाखा कार्यालय मार्फत रु. २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ४,७०० जना सदस्यहरुलाई लघुकर्जाको सेवा प्रदान गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved