कर्णाली डेभलपमेन्ट बैंकले १७ लाख ६२ हजार कित्ता शेयर लिलाम गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2018 | 03:18:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकले हकप्रदमा आवितरित १७ लाख ६२ हजार कित्ता शेयर लिलाम गर्ने भएको छ  । बैंकले बैशाख ३१ गतेदेखि जेठ ७ गतेसम्म १७ लाख ६२ हजार १ सय ८८ कित्ता शेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो । बैंकले  माघ ११ गतेदेखि चैत १ गतेसम्म २ सय २ सय २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो।  जसमध्ये रितिपूर्वक आवेदन दिने ११ हजार ७१३ जनालाई दुई लाख ७१ हजार ४५५ कित्ता संस्थापक र १३ लाख ६३ हजार ८५७ कित्ता साधारण सेयर गरि कूल १६ लाख ३५ हजार ३१२ कित्ता सेयर बाँडफाँड गरि बाँकि शेयर लिलाम हुन्स लागेको हो ।

बैंकले लिलाम गर्न लागेको शेयर मध्ये १४ लाख ६१ हजार २७० कित्ता संस्थापक शेयर रहेका छन् भने बाँकि तीन लाख ९ सय १८ कित्ता साधारण शेयर रहेका छन् ।शेयर लिलामको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

इच्छुक बोलकबोलदाताले विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, प्रभु बैंकको शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत, धनगढी र कर्णाली डेभलपमेण्टको नेपालगञ्ज, बाँके, दाङ तुल्सिपुर घोराही, लमही, कोहलपुर, र गुलरिया शाखा कार्यालय मार्फत बोलपत्र पेश गर्न सक्ने छन् । बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ताको लागि र प्रति कित्ता १०० रुपैयाभन्दा कम नहुने गरी आवेदन दिनु पर्नेछ ।

संस्थापक शेयरको हकमा भने संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved