घटेको बजारमा ४३ करोडको कारोबार, यसकारण बुटवल पावरमा लगानीकर्ताको आकर्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2018 | 02:46:11 PM मा प्रकाशित

laxmi  sunrise bank

 साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ८.२७ अंकले बढेर १३४५.३७ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ५९ कम्पनीका ११ लाख २ हजार ५ सय ४८ कित्ता शेयर खरिद बिक्रि बाट ४३ करोड ४२ लाख ४६ हजार ९ सय १३ रुपैयाँको कारोबार भएको छ  । 

आज कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन्  । आज बुटवल पावरको सबै भन्दा धेरै ६ करोड ५५ लाख बराबरको शेयर कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, प्रभु बैंक संस्थापक शेयर लगायत रहेका छन्  ।

आज उन्नति माइक्रोफाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ८.०३ प्रतिशतले बढेको छ  । अन्य बढी कमाउनेमा समता माइक्रोफाइनान्स, बुटवल पावर, मिर्मिरे माइक्रो फाइनान्स लगायत रहेका छन्  ।

आज कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ४.८ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा ओरियन्टल होटेल, कन्काई विकास बैंक, सिन्धु विकास बैंक लगायत रहेका छन्  ।

आज बुटवल पावरको सबै भन्दा धेरै १ लाख २९ हजार ९ सय ९९ कित्ता शेयर कारोबार भएका छन् । बुटवल पावरले चिनियाँ साझेदारसँग मिलेर  ८८२ मेगावाटकाे दुर्इ अायाेजना खरिद गरेपछि कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो  ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved