फेरी हकप्रदको भारी बोकाउदै एसियन लाइफ , बोनस शेयर ४ प्रतिशत कि ६ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 08, 2018 | 10:45:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेरी हकप्रदको प्रस्ताव गरेको छ  । कम्पनीले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुंजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  । कम्पनीले जेठ १९ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभामा यो प्रस्ताव पेश हुने भएको हो ।


यसैबीच लगानीकर्ता माझ कम्पनीले प्रस्ताव गरेको बोनस ४ प्रतिशत कि ६ प्रतिशत भन्नेमा अन्योल रहेको पाईएको छ  ।  कम्पनीले सुरुमा गत बर्षको मुनाफाबाट १२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो ।  कम्पनीले गरेको प्रस्तावमा बिमा समितिले लगानी तथा कर्जामा पर्याप्त ब्यबस्था सहितको परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो । सोहि अनुसार कम्पनीको बैशाख १२ गते बसेको संचालक समितिको बैठकले १२ प्रतिशत बोनस परिमार्जन गरी ६ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । 

अहिने कम्पनीले साधारणसभाको सूचना निकाल्द अभ्ने कम्पनीले बोनस ४ प्रतिशत भएको उल्लेख गरेको छ ।  कम्पनीले यहि फागुन १३ गतेदेखि  १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि गरेको थियो । यस ५० प्रतिशत हकप्रदले पनि बोनस पाउने हुँदा ६ प्रतिशत बोनस हकप्रदलाई समेत समायोजन गर्दा ४ प्रतिशत हुन् गएको कम्पनीले जनाएको छ ।   

५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी १ रब २० करोड हुन्छ । त्यसमा ४ प्रतिशत बोनसपछि चुक्ता पुंजी १ अर्ब २५ करोड पुग्ने छ । त्यसपछि ६० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १ करोड पुग्ने छ ।   

त्यस्तै कम्पनीले हाल रहेको संस्थापक साधारण पूँजी संरचना ७०ः३० को अनुपातबाट ५१:४९ कायम गर्ने भएको छ ।  इन्स्योरेन्सले २ अर्बबाट बढाएर अधिकृत पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ ।

 साधारणसभाका लागि कम्पनीले जेठ ४  गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले जेठ ३  गतेसम्म कायम रहेका सेयरधनीले मात्र ४ प्रतिशत बोनस पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved