हकप्रद निष्काशनको लागि सिद्दार्थ इन्स्योरेन्सको बुक क्लोज मिति तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 08, 2018 | 01:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशन गर्न लागेको सिद्दार्थ इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ  जेठ १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । बैशाख ३१ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । 

कम्पनीले बैशाख २० गते धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमाति पाएको थियो । 

 सिद्दार्थ इन्स्योरेन्सले १०:३.५ को अनुपातमा ३५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब कम्पनीले २२ करोड ४४ लाखको २२ लाख ४४ हजार ९ सय ७३ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ८६ करोड ६० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved