दोहोरो अंकले बढेको बजारमा सिभिल बैंकको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 08, 2018 | 04:22:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक १५.६५ अंकले बढेर १३६१.०२ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ६५ कम्पनीका १४ लाख ३९ हजार ३ सय ९३ कित्ता शेयर खरिद बिक्रिबाट ५० करोड ६४ लाख ८९ हजार ३ सय २२ रुपैयाको कारोबार भएको छ । 

आज सिभिल बैंकको सबै भन्दा धेरै ९ करोड ३१ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका उत्पादन बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ७.३५ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा समता माइक्रोफाइनान्स, सुर्योदय लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त लगायत रहेका छन् ।

आज नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले सर्बाधिक सर्बाधिक ५.५ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा सेन्ट्रल फाइनान्स, गुहेश्वरी फाइनान्स, पुर्णिमा विकास बैंक लगायत रहेका छन् ।

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved