प्राइम लाइफ इन्स्योरेन्सले २ लाख ७१ हजार कित्ता बढी शेयर लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 10:20:58 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले २ लाख ७१ हजार कित्ता बढी शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ  । कम्पनीले जेठ २ गतेदेखि हकप्रदमा अवितरित २ लाख ७१ हजार ९ सय ७८ कित्ता सर्बसाधारण सेयर लिलाम गर्न लागेको हो । शेयर लिलामको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

इच्छुक बोलकबोल दाताले जेठ जेठ ९ गते भित्र आवेदन दिई सक्नु पर्ने छ । आवेदन दिनको लागि लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, तथा लक्ष्मी बैंकको बिरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखाहरु तोकिएका छन् ।

इच्छुक बोलकबोल दाताले आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रष्ट संग लेखि सो बराबरको रकम कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने छ । यसरी आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ ।

कम्पनीले फागुन २७ गतेदेखि १ सय ६० प्रतिशतका दरले ९७ करोड ६३ लाख रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved