ठूला कम्पनीलाई सेयर जारी गर्न बाध्य पारिने अर्थमन्त्रीको घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 01:22:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले पुंजीबजारमा ठुला कम्पनीहरु पनि आउने बताएका छन्। नेपालमा पहिलो पटक आयोजना गरिएको पूँजी बजार प्रदर्शनीको आज भृकुटीमण्डपमामा उद्घाटन गर्दै मन्त्री खतिवडाले ठुला कम्पनी पुँजी बजारमा प्रवेश नगरेको भन्दै उनीहरुलाई पुँजी बजारमा आउन बाध्य पारिने बताएका हुन्।

उनले अहिले पुँजी बजारमा  एकै खालका कम्पनीमात्र  रहेको बताउदै  पूँजी बजारमा ठुला कम्पनीहरुलाई ल्याएर विविधिकरण आवश्यक रहेको बताएका हुन् ।  उनले भने ' एउटा मात्र क्षेत्रमा लगानी गरेर जोखिम विधिकरण हुदैन । यसकारण विभिन्न क्षेत्रका कम्पनीहरु पुँजी बजारमा आउनुपर्छ’  ।

 मन्त्री खतिवडाले ठुला लगानी भएका कम्पनीलाई पुँजी बजारमा आउन पहिला नैतिक रुपमा सुझाव दिने बताए । सुझावले काम नगरे मौखिक रुपमा दिने र त्यतिले पनि भएन भने लिखित पत्राचार गरेर भएपनि पुँजी बजारमा आउन बाध्य बनाउने बताए ।

साथै उनले सेयर बजारका लगानीकर्तालाई नाफा घाटा आफैं बेहोर्न सुझाव दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved